Logo
११ श्रावण २०८१, शुक्रबार
(December 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी जाँचबुझ आयोगले लिन थाल्यो प्रतिवादीहरूको बयान

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो । आयोगका पदाधिकारीहरूले अहिलेसम्म तस्करीमा संलग्न १० जनाको बयान लिएका छन् ।

मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । केन्द्रीय कारागारमा कार्यरत एक जना अधिकृतका अनुसार सोमबार सम्म १० जनालाई आयोगले बोलाएको छ ।

आयोगले मंगलबार राहुल महरासँग बयान लिँदै छ । बयानका लागी राहुललाई उपस्थित गराउन आयोगले केन्द्रीय कारागारमा पत्राचार गरेको हो ।

भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न प्रतिवादी राहुल अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । जिल्ला अदालत काठमाडौँले असोज २६ मा राहुललाई थुनामा पठाउन आदेश गरेको हो ।

२०८० असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति: Dec 5, 2023

प्रतिक्रिया दिनुहोस्