Logo
२२ असार २०८२, आईतबार
(December 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको छ : शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको बताएका छन् ।

सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्ने क्रममा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम गरेको उल्लेख गरे ।

‘यही मङ्सिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर सुरु भएको अभियान बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णाली आइपुगेको छ’, महासचिव पोखरेलले भने, ‘यसक्रममा हामीले सुदूरपश्चिमको विकास र समृद्धिको सम्भावनाको खोजी गर्ने, एमालेका बारेमा जनस्तरमा छरेका भ्रमहरू चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेका छौँ ।’

प्रकाशित मिति: Dec 3, 2023

प्रतिक्रिया दिनुहोस्