Logo
११ श्रावण २०८१, शुक्रबार
(December 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।

अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । जुन, आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति: Dec 3, 2023

प्रतिक्रिया दिनुहोस्