Logo
२० बैशाख २०८१, बिहीबार
(December 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज भारत र अस्ट्रेलियाबीचको पाँचौँ टी-२० खेल हुँदै

भारत र अस्ट्रेलियाबिचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ ।

टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ । अस्ति भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अस्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

प्रकाशित मिति: Dec 3, 2023

प्रतिक्रिया दिनुहोस्