Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्था, हिन्दुराष्ट्र पक्षधर बिच मोर्चा निर्माण आबश्यक : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य आजको प्रमुख आबश्यकता भएको बताएका छन् ।

अहिलेकै ब्यबस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलनमा जान जरुरी भएको आबश्यकता औल्याए ।

थापाले संबैधानिक अङ्ग, न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्बसत्ताबाद लाद्ने दुष्प्रयास भैरहेको भन्दै उनले त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितीले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का,तारानाथ लुईटेल, इन्द्र चित्रकार ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।

प्रकाशित मिति: Dec 1, 2023

प्रतिक्रिया दिनुहोस्