Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा सदस्य चुनाव कार्यतालिका : मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय

निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

आयोगले बिहीबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उनकाअनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिनेछ।

मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ। पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइनेछ।

पुस १६ गते निर्वाचन अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ।

पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगले उम्मेदवारको मनोनयनका लागि मिति तोकिसकेको छैन।

साथै माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय आयोगले तोकिसकेको छ। माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ। उक्त पद रिक्त हुनु ३५ दिन अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: Dec 1, 2023

प्रतिक्रिया दिनुहोस्