Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा लगानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्डले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन ।

कोप–२८ मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन ।

युएईको उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी गराएका थिए ।

युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए ।

दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेकासमेत बताएका छन ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका छन ।
कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: Dec 1, 2023

प्रतिक्रिया दिनुहोस्