Logo
२४ बैशाख २०८१, सोमबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीको हत्या गरेर भारतमा शव फ्याकेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा सिरहा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका १५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत बिहीबार राति आफ्नै श्रीमती ३० वर्षीया संजिता कुमारी यादवको हत्या पश्चात फरार रहेका उनलाई शनिबार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले माडर-खिरौना बोर्डर आसपासबाट यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

गत बिहीबार यादवले आफ्नो श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी उपचारको लागी भारतको जयनगर तर्फ लगेको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो ।

प्रहरीले अनुसन्धान गर्दा संजितालाई सोही राति करिब १० बजेको समयमा घरमा रहेको ईट्टा तथा बाँसको भट्टाले कुटपिट गरी हत्या गरेर लाशलाई लिएर भारत तर्फ गएको खुलेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्ने क्रममा संजिताको शव आइतबार बिहान भारतको मधुबनी जिल्लाको सलरा भन्ने स्थानमा फेला परेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्