Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १३ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९ सय ५६ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्