Logo
२० बैशाख २०८१, बिहीबार
(November 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।

आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो ।

कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।

आर्मीका लागि सोमपाल कामी र विवेक यादव समान २/२ विकेट लिए । जितेन्द्र मुखिया, वसिर अहमद, साहब आलम र रोहित पौडेलले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५६ रन बनाए । भीमले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले अर्धशतक बनाउँदै रिटायर हर्ट भए । रोहित पौडेलले २३ र कप्तान विनोद भण्डारीले १७ रन बनाए ।

कोशी प्रदेशका लागि श्रावण यादवले सर्वाधिक ३ विकेट लिए । बायाँ हाते तिव्र गतिका बलर कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले १/१ विकेट लिए ।

प्रकाशित मिति: Nov 28, 2023

प्रतिक्रिया दिनुहोस्