Logo
१५ बैशाख २०८१, शनिबार
(November 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको बाँडफाँट भएको छ । भिजन लुम्बिनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यलयमा मंगलबार बिहान बाँडफाँट गरेको हो।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ।

प्रकाशित मिति: Nov 21, 2023

प्रतिक्रिया दिनुहोस्