Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकरण गर्नुपर्ने

अबदेखि नेपालमा चल्ने सबै सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्नुपर्ने भएको छ । अव्यवस्थितरुपमा चल्दै आएका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने योजनासहित सरकारले जारी गरेको निर्देशिकामा सबै सामाजिक सञ्चाल प्लेटफर्म अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।

निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने छ । यसअघिदेखि नै सञ्चालनमा रहेका सामाजिक सञ्जालसमेत निर्देशिका लागू भएको ३ महिना भित्रमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था छ ।

सञ्जाल प्लेटफर्मका व्यक्ती, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरणको निवेदन दिनुपर्ने छ । निवेदन दिन स्वयं उपस्थित हुन पाउने र अनलाईनमार्फत समेत गर्न पाउने व्यवस्था गरिएको छ ।

सूचीकरणका लागि आएका निवेदनमध्येबाट मानसिव देखिएका सामाजिक सञ्जाललाई मात्रै नेपालमा सञ्चालनको अनुमति दिइने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रकाशित मिति: Nov 20, 2023

प्रतिक्रिया दिनुहोस्