Logo
२६ बैशाख २०८१, बुधबार
(November 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दिमाग खराब’ दोस्रो साताको व्यवसायमा ‘टाइगर ३’ भन्दा अघि

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘दिमाग खराब’ । निश्चल बस्नेत निर्देशित फिल्मले रिलिजको पहिलो साता अपेक्षित व्यवसाय गर्न सकेन । बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ले गर्दा फिल्मले व्यवसाय नगरेको मात्र होइन, शो समेत कम पाएको थियो ।

दोस्रो साता भने फिल्मको व्यवसाय र शो दुवै बढेको छ । ‘टाइगर ३’को यो साता व्यवसाय खुम्चिएको कारण ‘दिमाग खराब’लाई फाइदा पुगेको हो ।

‘माउथ पब्लिसिटी’ र विभिन्न बिदाले फिल्मको व्यवसायी एकाएक बढेको हो । फिल्मको शनिबार र आइतबार पनि राम्रो व्यवसाय रहेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।

‘टाइगर ३’लाई दर्शकबाट कमजोर प्रतिक्रिया मिलेपछि फिल्मको भारतसँगै नेपालमा पनि व्यवसायमा गिरावट आएको छ । जसको कारण ‘दिमाग खराब’को व्यवसाय बढेको हो । केही मल्टीप्लेक्सहरुले अहिले ‘टाइगर ३’लाई भन्दा बढी शोज ‘दिमाग खराब’लाई दिइरहेका छन् ।

खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया लगायतको अभिनय रहेको फिल्मले अहिलेसम्म ४ करोडको व्यवसाय गरिसकेको निर्माण युनिटले जनाएको छ ।

सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म आकाश बरालले लेखेका हुन्, भने छायांकन सुशन प्रजापतिको छ ।

प्रकाशित मिति: Nov 20, 2023

प्रतिक्रिया दिनुहोस्