Logo
२४ बैशाख २०८१, सोमबार
(November 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीब्रालटारविरुद्ध फ्रान्सको शानदार जित, ९ खेलाडीले गरे १४ गोल

काठमाडौँ। युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध १४ गोल गरेको छ । समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो ।

जिब्रालटारविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए । जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए ।

त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

त्यसैगरी जिब्रालटारक इथान सान्तोसले एक गोल आत्मघाती गोल गरेका थिए । यस खेलमा जिब्रालटारका इथान सान्तोसले खेलको १८औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि फ्रान्स समुह बि मा अपराजित रहदै ७ खेलमा २१ अंक हासिल गरेको छ । फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ ।

त्यस्तै जिब्रालटारले भने समुह बिमा खेलेका सातै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति: Nov 19, 2023

प्रतिक्रिया दिनुहोस्