Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु-मुस्लिम धर्मावलम्बीबीच तनाव बढेपछि नेपालगञ्जमा कर्फ्यू आदेश

लुम्बिनी प्रदेश स्थित बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम धर्मावलम्बीबीच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

म‌गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।

प्रकाशित मिति: Oct 3, 2023

प्रतिक्रिया दिनुहोस्