Logo
१५ जेष्ठ २०८२, बुधबार
(September 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभाका कांग्रेस सभापति खड्काद्वारा राजीनामा

नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन्।

खड्काले बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्।
उनले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न आग्रह गरेका छन्।

पूर्वमहामन्त्री शशांक कोइारालाका विश्वासपात्र मानिने खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट राईमान राईलाई हराउँदै सभापति भएका थिए। प्रतिनिधि सभा सदस्य समेत रहेका खड्काले कार्यव्यस्ता देखाउँदै जिल्ला सभापतिबाट राजीनामा दिएको बताए ।

प्रकाशित मिति: Sep 27, 2023

प्रतिक्रिया दिनुहोस्