Logo
१० जेष्ठ २०८२, शुक्रबार
(September 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजु मास्टर’को नयाँ सिरियल ‘लफडा’ आजबाट हेर्न पाइने

हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनले सिरियल आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत आउने उल्लेख गरेका छन् ।

राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनको अलावा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डङ्गोल, मञ्जु श्रेष्ठ, श्री थापा, मुकुन्द मैनाली, अनिता बस्नेत, केशव सापकोटा लगायतको अभिनय देख्न सकिनेछ ।

सिरियलमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ भने देखिने छैनन् ।

प्रकाशित मिति: Sep 22, 2023

प्रतिक्रिया दिनुहोस्