Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(September 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजकीय सम्मानकासाथ निवासबाट नेम्वाङको बिदाई (तस्बिरहरु)

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो ।

शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सहभागी छन् । बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिने नेकपा एमालेले जनाएको छ । नेम्वाङको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित मिति: Sep 14, 2023

प्रतिक्रिया दिनुहोस्