Logo
२० बैशाख २०८१, बिहीबार
(September 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालय एयरलाइन्सले सुरु गर्यो काठमाडौं-छिन्ताओ-काठमाडौं उडान

हिमालय एयरलाइन्सले चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । उक्त एयरलाइन्सले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलन कार्यक्रम विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती,नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

चीनको छिङ्डाओमा सिधा उडान शुरु गरेकोमा मन्त्री किराँतीले गर्भ लागेको खुशी व्यक्त गरे । उनले यस कार्यले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने जानकारी दिए ।

धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउनसके र ग्रामिण संस्कृतिको जरासम्म पु¥याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने उनको भनाइ छ ।

यसका साथै, मन्त्री किराँतीले चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह समेत गरे ।

प्रकाशित मिति: Sep 10, 2023

प्रतिक्रिया दिनुहोस्