Logo
१८ बैशाख २०८१, मंगलबार
(September 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार २८.९२ अंकले घट्याे, १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार

सेयर बजारले आम लगानीकर्ताालाई निराश बनाएको छ । बिहीबार नेप्से सूचक २८.९२ विन्दुले घटेर १९३२.४५ अंकमा आएको छ । १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दिनहुँजसो बजार घटिरहेको छ । लामो समयदेखि बजार ओरालै यात्रमा छ । बढ्ने कुनै संकेत नदेखिंदा आम लगानीकर्तामा निराशा उत्पन्न भएको हो ।

बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं सम्पति गुम्दा पनि सरकार र नियामकले कुनै पनि सम्बोधन गरेका छैनन् । सुधार्ने बचन दिएका छैनन् । यसकारण पनि लगानीकर्ताको मनोबल थप कमजोर भएको हो ।

यस दिन २७६ कम्पनीको करिब ३७ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड १५ लाख रुपैयाँसहित कारोबार रकममा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र शिवम् सिमेन्ट्स परेका छन् ।

प्रकाशित मिति: Sep 7, 2023

प्रतिक्रिया दिनुहोस्