Logo
१६ बैशाख २०८१, आईतबार
(August 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक

सञ्चारकर्मी वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । योगीले शब्द संयोजन गरेको यो गीतमा गायिका अन्नु चौधरीले स्वर भरेकी छन् ।

सैगरी गीतमा सङ्गीत संयोजन पुष्कर सुनुवारले गरेका छन् । गीतको भिडियोमा अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्णाकुमारी महतको मोडलिङ रहेको छ ।

प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छायाङ्कन तथा प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियोमा पूर्ण प्याकेज देखिन्छ । गाउँ बस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शब्द जोडेर बनाइएको गीत नेपाली नारीहरूको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताए।

गीत र म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको निर्माताले बताएका छन्।

प्रकाशित मिति: Aug 29, 2023

प्रतिक्रिया दिनुहोस्