Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौर घटनाको नाममा उपेन्द्र यादव विरुद्ध कुनै छानवीन नगर्ने सत्ता गठबन्धनको निर्णय (भिडियो)

सत्ता गठबन्धनको बैठकले गौर हत्याकाण्डको नाममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध कुनै छानवीन नगर्ने सत्ता गठबन्धनको निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार साँझ सम्पन्न सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।

२०६३ चैत ७ गते २८ जनाको ज्यान जाने गरी भएको गौर घटनाबारे चार ओटा प्रतिवेदन रहेको र उक्त घटनाका पिडितहरुले यसअघि नै क्षतिपुर्ती समेत पाइसकेकाले उक्त घट्नाको फेरि छानविन नगर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सुनउँदै नेकपा एसका नेता राजेन्द्र पाण्डेले उक्त घटनाका नाममा रौतहटमा आन्दोलनको नेतृत्व गरिरहेका नेता नै उल्टै चार ओटा हत्या मुद्दाका अभियुक्त रहेको दावी गरे ।

उनले भने-‘काशी तिवारीको हत्याराले गरेको आन्दोलन हो यो, उक्त घटनाको छानविन यसअघि नै भैईसकेको छ ।’

प्रकाशित मिति: Aug 14, 2023

प्रतिक्रिया दिनुहोस्