Logo
५ जेष्ठ २०८१, शनिबार
(August 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमला नदीको बाढीमा ३५ वर्षीय श्रीमान र ३० वर्षीय श्रीमती बेपत्ता

मधेश प्रदेश स्थित धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीय माया परियार छन् ।

जिल्ला प्रहरी कार्यालय धनषाका प्रहरी निरीक्षक बिक्रम साहका अनुसार मंगलबार दिउँसो १ बजे दम्पतीलाई नदीले बगाएको हो ।

कमला ब्यारेज नजिक नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा दुबैजनालाई बाढीले बगाएको र खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए ।

प्रकाशित मिति: Aug 8, 2023

प्रतिक्रिया दिनुहोस्