Logo
५ जेष्ठ २०८१, शनिबार
(July 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेश सरकारबाट जनमतका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले दिए राजीनामा

जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतका नेता बिपी साहले रातोपाटीलाई बताए । सिंहलाई श्रम तथा यातायात मन्त्री बन्ने उनको भनाइ छ ।

‘आजै मन्त्रिपरिषद विस्तारको तयारी छ । हाम्रो पार्टीका दुई जना सरकारमा जानुहुन्छ ।’

प्रकाशित मिति: Jul 31, 2023

प्रतिक्रिया दिनुहोस्