Logo
७ जेष्ठ २०८१, सोमबार
(July 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइकल यात्रुलाई मुक्का हान्दै घिसारेर कुटपिट गर्ने विराटनगरका भेटवाललाई १० वर्ष कैदको माग

विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै घिसारेर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय आयुष भेटवाललाई एक लाख जरिवाना र १० वर्ष कैदको माग दाबी लिएर मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराइएको हो ।

मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

असार २० गते राती साढे ८ बजे विराटनगर ४ स्थित कोशी राजमार्ग दूध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए ।

भेटवालले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको थियोे । मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो ।

रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनै भेट्वालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।

प्रकाशित मिति: Jul 30, 2023

प्रतिक्रिया दिनुहोस्