Logo
२५ बैशाख २०८१, मंगलबार
(July 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घट्यो सार्वजनीक यातायात भाडादर, कहाँ पुग्न कति लाग्छ? (सूचीसहित)

सरकारले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर घटाएको छ । यातायात व्यवस्था विभागले आज साउन १ देखि लागु हुने गरि भाडादर घटाएको हो ।

विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले भाडा समायोजन गर्ने गरेको छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको मिति २०८०।०२।०३को डिजेलको बजार मूल्य रू १५५ (प्रति लिटर)मा मिति २०८०।०४।०१मा औसत रु १०.१७ घटी भई बजार मूल्य प्रति लिटर रु १४४.८३ कायम भएको र सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६।.५६ प्रतिशत घटी भएको हुँदा विभागले भाडा दर समायोजन गरेको हो ।

आज साउन १ गतेदेखि लागू हुने गरी दुई वा सो भन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम देहाय अनुसार समायोजन भएको विभागले जनाएको छ ।

7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0

प्रकाशित मिति: Jul 17, 2023

प्रतिक्रिया दिनुहोस्