Logo
७ जेष्ठ २०८१, सोमबार
(July 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाँदै

कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।

सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो ।

बहुमत अर्थात् ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए । माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमलाई गठबन्धनले सरकार गठनमा प्रयोग गरेको हो ।

गौतमले सरकार गठनको दाबी प्रस्तुत गरिएको पत्रमा छुट्टै हस्ताक्षर गरेका छन् । एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमत मा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।

सभामुख बाबुराम गौतमले भने आफूले निकास दिन बाध्य भएको बताएका छन् । सभामुख समेतलाई विवादमा तानेर सरकार बनाए पनि गठबन्धनको सरकार कति दिन टिक्ला भन्ने संशय भने कायमै छ ।

प्रकाशित मिति: Jul 7, 2023

प्रतिक्रिया दिनुहोस्