Logo
२० बैशाख २०८१, बिहीबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूतसमक्ष मन्त्री किराँतीले भने-‘नेपाल राम र भारत सीता बिना अधुरो रहन्छ’

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम र भारत सीता बिना अधुरो रहेको बताएका छन्।

लुम्बिनीमा मंगलबार आायेजित ९ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन क्रममा उनले त्यस्तो बताएका हुन् ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवसँगै कार्यक्रममा सहभागी भएका संघीय मन्त्री किराँती उनले २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहदै आएको र कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भने पनि नेपाल र भारतको सम्बन्ध एक अर्कासँग अटुट रहेको जनाए ।

नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित रहेको बताउँदै मन्त्री किराँतीले नेपाल राम बिना अपूर्ण रहेको र भारत सीता बिना अपूर्ण रहेको उनले बताए ।

मन्त्री किराँतीले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको समेत बताएका छन् ।

उनले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो ।’

उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।’

मन्त्री किराँतीले भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासंग जोडिदै आज विश्वव्यापी लोकप्रिय हुँदै गएको बताए ।

महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेकाले गौतम बुद्धको नाम पनि अग्रपंक्तिमा आउँने उनको भनाई छ ।

योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र होइन मानवलाई योगले बिश्व ब्रह्माण्डसंग र मानव कल्याणको साझा ज्ञान संग जोड्ने उनले दाबी गरे ।

नेपाल भारतबीचको व्यापारिक सम्बन्ध २३ सय बर्ष अघि निरन्तर कायम रहेको बताउँदै उनले त्यो बेला नेपालबाट निर्यात हुने छाला, ऊन र जडिबुटी प्रख्यात थियो भन्ने कुरा कौटिल्यशास्त्रमा लेखिएकोबारे स्मरण गराए ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि कञ्चनपुरको महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको मन्त्री किराँतीले बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन्।

नेपाल र भारत सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिवद्धता जनाउँदै उनले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढीरहेको बताए ।

पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभइ विश्वभर नै फैलिनु खुसीको विषय भएको उनको भनाई छ ।

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्