Logo
२४ बैशाख २०८१, सोमबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी मोर्चा घोषणा गर्न शीर्ष नेता अन्तिम छलफलमा, बाबुराम र वामदेव अनुउपस्थित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चा घोषणा गर्ने तयारीमा रहेका चार दलका शीर्ष नेताहरू बालुवाटार केन्द्रित छलफलमा जुटेका छन् ।

छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी छन्।

स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी यसै साता ६ दलको संयुक्त समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहे पनि जारी छलफलमा चार दलका शीर्ष नेता मात्र भेला भएका हुन्।

तर समाजवादी मोर्चामा सहभागी हुने भनिएका ६ दलमध्ये डा. बाबुराम भट्टराई र वामदेव गौतमका पार्टी भने बालुवाटारमा अहिले जारी छलफलमा सहभागी भएको छैन।

बालुवाटारमा एक घण्टाअघि देखि जारी छलफलमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने पुगिनसकेको बालुवाटार स्रोतले जानकारी दियो।

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्