Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारमुक्त भएपछि रेशम चौधरी माइतीघर मण्डलामा (फोटोफिचर)

सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि टिकापुर घटनामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रेशम चौधरी सोमबार रिहा भएका छन् ।

गणतन्त्रको अवसरमा सरकारको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका हुन् । आममाफी पाएपछि सोमबार बिहान डिल्लीबजार कारागारबाट उनी रिहा भएका हुन् ।

सात सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी भई आजीवन काराबासको सजाय भोगिरहेका उनी कारागारमुक्त हुँदा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्तासहित उनका समर्थक डिल्लीबजार कारागार परिसर पुगेका थिए ।  रिहा भएका चौधरीलाई समर्थकहरुले अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

रिहा भएसँगै पुल्चोकस्थित मन्त्री क्वाटर पुगेर माइतीघर मण्डलामा आएका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले फूलमाला र खादाले स्वागत गरे । रेशमी पत्नी रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् ।

प्रकाशित मिति: May 29, 2023

प्रतिक्रिया दिनुहोस्