Logo
११ बैशाख २०८१, मंगलबार
(May 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीलाई कानुन बमोजिम नै आममाफी दिइएको हो : रेखा शर्मा

नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर सो निर्णय गरिएको बताइन् ।

‘रेशमजीको सवालमा सर्वोच्च अदालतको जुन फैसला भयो । उच्च अदालतको फैसलालाई टेकेको अवस्था छ’ शर्माले भनिन्, ‘उहाँको विषयमा कानुन विदहरुसँग राय सुझाव बमोजिम निर्णय भएको छ । हामीले लिएको राय सुझावअनुसार कानुनी रुपमा ठिक छ भन्ने छ ।’ आफूहरुले कानुनभन्दा बाहिर निर्णय नगरेको शर्माले जिकिर गरिन् ।

प्रकाशित मिति: May 28, 2023

प्रतिक्रिया दिनुहोस्