Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एम्बाप्पेको दुई गोलमा उपाधि नजिक पीएसजी

किलियन एम्बाप्पेको दुई गोलको मद्दतले संघर्षरत अक्सेरमाथि जीत निकाल्दै पेरिस सेन्ट जर्मेन कीर्तिमानी ११ औँ लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा पीएसजी २–१ गोलले विजयी बन्यो ।

साबिक विजेता पीएसजी दोस्रो स्थानमा लेन्सभन्दा ६ अङ्कले अघि रहेको छ । अब बाँकी दुई खेलबाट १ अंकमात्र बटुले टोलीले लिगको उपाधि जित्ने छ । पछिल्ला १० मध्ये आठ लिग उपाधि जितेको पीएसजीले गत सिजन मार्से र सेन्ट एटिनेको १०–१० वटा लिग उपाधिको कीर्तिमान बराबरी गरेको थियो ।

लिगको सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पले खेलको छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि उनले टोलीको अग्रता दोब्बर बनाए । २४ वर्षीय खेलाडीले यो सिजन ४० गोल गर्नुका साथे ९ वटा गोलको अवसर सिर्जना गरेका छन् । दोस्रो हाफमा लासिने सिनायोकोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रकाशित मिति: May 22, 2023

प्रतिक्रिया दिनुहोस्