Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अगामी मेरो भारत भ्रमण देशको लागि थप ऐतिहासिक हुनेछ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भारत भ्रमण देशको लागि ऐतिहासिक हुने पनि उनले बताएका छन् ।

उनले शीर्ष नेताहरुबीचको छलफल संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको बताए।

उनले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताए ।

शनिबार काठमाडौंमा आयोजित हाफ म्याराथन शुभारम्भ गर्दै उनले परिवर्तनको रक्षा गर्दै जनतालाई सेवा, सुशासन र विकास दिने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विगतमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिने विश्वास व्यक्त गर्दै सोबारे गठबन्धनमा निरन्तर छलफल हुँदै आएको बताए।

प्रधानमन्त्री प्रचण्डले सरकार खेलकूदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको पनि बताए।

‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ। त्यसमा खेलकूदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा छ,’ प्रधानमन्त्रीले भने।

प्रकाशित मिति: May 20, 2023

प्रतिक्रिया दिनुहोस्