Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज शुक्रबार दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा : ‘ए साथी सुन’ भर्सेज ‘डाकिनी’

आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘ए साथी सुन’ र ‘डाकिनी’ । ‘ए साथी सुन’ देशभर व्यावसायिक रूपमा प्रदर्शनमा आएको हो भने ‘डाकिनी’ सीमित हलमा मात्र प्रदर्शन गरिएको छ । दुवै फिल्मको कथावस्तु र निर्माण उद्देश्य भने फरक फरक छ । ‘ए साथी सुन’को रिलिज व्यावसायिक प्रयोजन रहेको छ भने ‘डाकिनी’ हेर्न चाहनेलाई अवसर प्रदान रिलिज गरिएको हो ।

‘ए साथी सुन’: अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म हो ।

लभ स्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायत अभिनय देख्न सकिन्छ ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता बीना कार्की र सन्तोषकुमार राई र टायम कट्टले हुन् । मानकृष्ण महर्जनको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, राजेन्द्र मोक्तान छ । फिल्मलाई वितरण आरआर फिल्म्सले गर्दैछ ।

‘डाकिनी’ : षट्कोण आर्टस्ले निर्माण भएको फिल्म ‘डाकिनी’ खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेको फिल्म हो । निर्देशक नोर्बु बौद्ध धर्मका ठूला गुरु समेत हुन् ।

विश्वका प्रख्यात फेस्टिभलको चक्र पूरा गरेपछि रिलिज हुन लागिएको फिल्मको नाम अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको छ । यो फिल्मको नेपाली नाम डाकिनी हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा छ ।

फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको हो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

काठमाडौँमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही सङ्केत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौँ । तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।

प्रकाशित मिति: May 19, 2023

प्रतिक्रिया दिनुहोस्