Logo
१२ बैशाख २०८१, बुधबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारबाट बाहिरिन माओवादी र जसपालाई कोशी कांग्रेसको आग्रह

कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई नेपाली कांग्रेसले आग्रह गरेको छ।

नेपाली कांग्रेसको बिहीबार बसेको कोशी प्रदेश संसदीय दल बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको हो।

बैठकले प्रदेश सभाले सांसदका लागि वितरण गर्न लागेको ल्यापटप सदनमा रहेका २९ जना कांग्रेस सांसदले नलिने निर्णय गरेको छ ।

केन्द्र र प्रदेश सरकारको संरचना फरक नहोस भन्ने उद्देश्यसहित औपचारिक रुपमा पहिलोपटक समर्थन फिर्ता लिन आग्रह गरिएको कांग्रेस संसदीय दलका नेता थापाले जानकारी दिए ।

बैठकपछि दलका नेता थापाले सरकारबाट दुवै दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकारको संरचना तयार हुने उनले बताए ।

उनले भने, ‘अब बजेटको संघारमा छौँ । बजेटलाई ध्यानमा राख्दै दुवै दलले यथाशीघ्र सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेका छौँ। दुवै दलले अहिलेको अवस्थालाई हेर्दै भावना र मूलमर्मसहित समर्थन फिर्ता लिनु आवश्यक छ।’

बैठकपछि कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले माओवादी र जसपा दुवै दललाई औपचारिक रुपमा पहिलोपटक तत्काल अविश्वासको मत फिर्ता लिनुपर्नेमा जोड दिएको बताए ।

प्रमुख सचेतक राईले अहिलेको भावना र मर्म अनुरुप सरकारबाट समर्थन फिर्ता लिएपछि अघि बढ्नुपर्ने प्रस्टाए ।

प्रदेशको नामाकरणको आन्दोलनलाई सम्बोधन गर्न नसकेको बताएका प्रमुख सचेतक राईले जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि सरकारले वार्ता समिति बनाएर अघि बढ्न आग्रह गरिएको बताए ।

राईले जारी आन्दोलनलाई पहिचान पक्षधर र सरकार दुवैले संयमता अपनाउनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्