Logo
७ बैशाख २०८१, शुक्रबार
(May 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ए साथी सुन’ vगामी शुक्रबारबाट सार्वजनिक हुने, सबैले हेर्न पाउने

अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ सबैले हेर्न पाउने भएका छन् । मंगलबार चलचित्र सेन्सर बोर्डले फिल्म हेर्दै युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र दिएर सेन्सर पास गरेको हो ।

फिल्मका निर्माता टायम कट्टेले फिल्म बिना काँटछाँट जस्ताको तस्तै पास भएको बताए । ‘सेन्सर बोर्डले फिल्मको तारिफ गर्दै कथा समेत मन परेको बताए’ कट्टेलले भने ।

‘ए साथी सुन’ अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । लभस्टोरी, थ्रीलर र कमेडी जानरामा निर्माण भएको फिल्ममा

वर्षा र रमेशको अलवा आर्यन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायतको अभिनय छ । ‘ए साथी सुन’ स्वर्गीय कलाकार जयनन्द लामाको अभिनय रहेको अन्तिम फिल्म हो ।

फिल्म रामराधव आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यकै लेखन समेत रहेको फिल्ममा बीना कार्की र सन्तोषकुमार राई र टायम कट्टेल निर्माताको रुपमा रहेका छन् ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रकाशित मिति: May 17, 2023

प्रतिक्रिया दिनुहोस्