Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति

मन्त्रिपरिषद्को मंगलबारको बैठकले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको छ ।

संघीय सरकारको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त गरेको पनि शर्माले बताइन् ।

सरकारका प्रवक्ता रेखा शर्माले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरिएको पनि जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्