Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको सिमावर्ती क्षेत्रमा मिटरब्याजको धन्धा गर्न श्रीमान्-श्रीमतीकै दोहोरो नागरिकता !

प्रदेश १ स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मिटरब्याजी अजय भगत र उनका श्रीमती खुश्वु भगतको भारतीय र नेपाली नागरिकताको कागजात ।

स्थानीय स्तरमा लामो समयदेखि मिटरब्याज धन्धा चलाउँदै आएका स्थानीय एक वडाअध्यक्षकै परिवार अन्तरगतका एक दाम्पतीको दोहोरो नागरिकता रहेको पाइएको छ ।

कोशी प्रदेश स्थित सुनसरीको देवानगंज गाउँपालिका ३ बस्ने अजयकुमार भगतले  नेपाल र भारतको नागरिकता बनाएर अवैधरुपमा सिमावर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउँदै आएको पाइएको हो ।

भगतले विहारको विद्यानसभा निर्वाचन नियमावली ४६ नरपतगंज ५ सोनापुर अररिया जिल्लाबाट सबै कागजात बनाएका छन् । उनले सोही ठेगाना उल्लेख गरेर चालक अनुमतिपत्र समेत बनाएका छन् ।

चारजना दाजु भाइमध्ये एकजना अनिल भगत देवानगंज गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन् । स्थानीयले अनिल भगत पहिलो पटक वडा अध्यक्षमा विजय भएपछि भारत गएर भारतीय नागरिकता रद्द गरिएको बताए ।

यद्यपी अन्य दाजुभाइ र श्रीमतीको भारतीय नागरिकता यथावत राखिएको छ । उनले धितोवापत श्रीमतीको नाममा पास गरेको जग्गा आफू खुशी बेच्ने गरेको स्थानीयले बताएका छन्।

सन् २०१३ जुलाई महिनाको ४ तारिकमा डीएल बीआर ३८२०१३००१९१०७ नम्बरको चालक अनुमति पत्र समेत लिएका छन् । उनको विहारको मतदाता संख्या २ सय ३१ रहेको भेटिएको छ ।

सन् २०३० डेसेम्बरसम्मको चालक अनुमति पत्रमा मिति उल्लेख गराएको छ । उनको नेपाली मतदाता संख्या १५२४५७६९ रहेको छ । देवानगंज ३ स्थित रहेको कृष्ण मावि शंकरपुरमा मतदान केन्द्रमा भएको मतदाता नियमावलीमा उल्लेख गरिएको छ ।

उनको पत्नीको समेत दोहोरो नागरिकता रहेको छ । भगतले धितोवापत जग्गा पास गराउँदा पत्नीको नाममा जग्गा पास गराउँदै सावाँ ब्याज बुझाए पनि घितोवापत राखिने जग्गा अरुलाई बेच्ने गरेको पाइएको छ ।

भारतीय मतदाता नियमावलीमा खुश्वुको मतदाता पसिरचयपत्र २ सय ३३ रहेको छ । बुवाको नाममा श्रीमान अजयको नाम उल्लेख गरेकी छिन् ।

अजयले नेपाल र भारत दुवै देश नागरिकता र मतादातामा बुवाको नाममा रामेश्वर भगत नै उल्लेख गरेका छन् । भारतीय स्कार्पीयो चढ्ने भगतले नेपालमा अनुचित रुपमा मिटरब्याजको धन्धाबाट असुली गरेको रकम भारतमा जम्मा गर्ने गरेको पाइएको छ ।

यसअघि उनीमाथि साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको ऋणले गर्दा एकजना सुनसरी देवानगंज गाउँपालिका एक किसान बेघर बनाएको भन्दै उजुरी जिल्ला प्रशासनमा परेको छ ।

स्थानीय आधा दर्जन परिवारलाई भगतले अनुचित ब्याज जोडेर सावसहित ब्याज लिएपनि घितो वापत राखिएको जग्गा बेचिएको आरोप छ ।

सुनसरीको देवानगंज गाउँपालिका १ का जुगानन्द मेहता गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा ९ कठ्ठा ३ धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए ।

विस २०७१ सालमा मेहता रु ५ रुपैयाँका व्याजदरले भगतसँग लिएको ऋणको सबै सावा र ब्याज गरेर २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचेकाले घरवारविहीन बनाएका छन् ।

मिटरब्याजी अजय भगतले पैसा बुझाएपछि पटकपटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दै २०७८ साल माघ ५ गते दुई किता बनाएर १० लाख ५० हजारमा बेचेको थियो ।

दोहोरो नागरिकता विषयमा अजयसँग सम्पर्क गर्न खोज्दा आफू फोन नउठाइ भाइ विजयलाई बोल्न लगाएका थिए । विजयले अजय भारत गएको जानकारी दिए ।

प्रकाशित मिति: May 14, 2023

प्रतिक्रिया दिनुहोस्