Logo
७ बैशाख २०८१, शुक्रबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित

बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्ष सहित ४ जनालाई निलम्बन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरिक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थी पवन साहको भने आजको परीक्षा मात्रै रद्द गरिएको छ ।

जिल्ला अनुसन्धान कार्यालय बाराका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंहले परीक्षा केन्द्रका खटिएका केन्द्रध्याक्षसहित कर्मचारीलाई निलम्बन गरिएको बताए । ‘भोलिदेखि सो परीक्षकेन्द्रमा नयाँ केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष र परीक्षा निरीक्षकहरु खटिनुहुन्छ’ उप–अनुसन्धान निर्देशक सिंहले भने ।

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिर ल्याउने काममा संग्लन विद्यार्थी पवन साहको आजको परीक्षा रद्द भएपनि भोलिको परीक्षामा सहभागी हुन दिने निर्णयमा उल्लेख छ ।

जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख श्यामकिशोरप्रसाद यादवले विद्यार्थीबाट गल्ती स्वीकार भएकाले भविष्य बिग्रन नदिन आजको परीक्षा रद्द भएपनि भोलिको परीक्षामा सहभागी हुन दिने बताएका छन् ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्