Logo
१२ बैशाख २०८१, बुधबार
(March 31, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीमण्डल विस्तार हुँदै, शीतल निवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।

‘आज चार बजेभित्र शपथ गर्ने तयारी छ । त्यसैका लागि पीएम शीतल निवास जानुभएको हो’, बालुवाटार स्रोतको भनाइ छ ।

सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो । पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका हुन् । तीन दलले सरकार छोडेपछि प्रधानमन्त्रीको जिम्मेवारीमा १६ मन्त्रालय छन् ।

प्रकाशित मिति: Mar 31, 2023

प्रतिक्रिया दिनुहोस्