Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

पूर्वमन्त्री घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् । एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले महासचिवमा एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले भुसाललाई महासचिवमा मनोनित गरेको हो ।

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्