Logo
६ बैशाख २०८१, बिहीबार
(March 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपतिमा रामसहायलाई नागरिक उन्मुक्ति र लोसपाले पनि मतदान गर्ने

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादव लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलेसमेत आफूलाई सहयोग गर्ने बताएका छन् ।

आज (शुक्रबार) बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्रबाट सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले नागरिक उन्मुक्ति पार्टीले आफ्नो पक्षमा मत हाल्ने प्रतिवद्धता व्यक्त गरिसकेको र अन्य दुई पार्टीले पनि मत खेर नफाल्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

जनमत पार्टीले पनि आफूलाई मतदान गरेर पहिलो पटकमै उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुने कुरामा शंका नरहेको उनले बताए । ‘नागरिक उन्मुक्ति पार्टीले पनि मलाई भोट दिने निर्णय गरिसक्नु भयो । लोसपालाई पनि मैले आग्रह गरेको छु । उहाँहरुले दिनुहुन्छ भन्ने म विश्वस्त छु ।

साथै, निर्वाचन आयोगको व्याख्याका कारण प्रमिला यादवलाई पनि पार्टीले उम्मेदवार बनाएको उनले बताए । आयोगको व्याख्यालाई लिएर देखिएको समस्या समाधान भएपछि जसपा र गठबन्धनको दलहरुले आफूलाई नै आधिकारिक उम्मेदवार घोषणा गरेको उनले बताए ।

प्रकाशित मिति: Mar 17, 2023

प्रतिक्रिया दिनुहोस्