Logo
१३ बैशाख २०८१, बिहीबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको न्यायालयमा विचौलियाको विगविगी भयो : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा विचौलियाहरुको विगविगी भएको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा भएको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचौलियाको कारण न्यायिक क्षेत्र अत्यन्त अशोभनीय र दुःखद् स्थितिमा पुगेको बताएका हुन् ।

‘विचौलियाको व्यापक प्रचलन छ अहिले नेपालमा । यो बारहरुले भने, सर्वोच्च बारले भन्यो । नेपाल बारले भन्यो । त्यसैगरी श्रीमान न्यायाधीशजीहरुले भन्नुभयो, विचौलियाको विगविगी भयो ।

प्रधानन्यायाधीशलाई न्यायालयमा न्यायाधीशहरुले प्रवेश गर्न दिनुभएन । वरिष्ठ अधिवक्ता र बारहरुले प्रवेश गर्न दिनुभएन । न्यायीक क्षेत्रको स्थिति अत्यन्त अशोभनीय र दुःखद् स्थितिमा हामी अहिले पुगेका छौं,’ -उनले भने ।

आफूले न्यायालयलाई जनताले सम्मान र आदर गर्न सकुन् भन्ने चाहेको उनले बताए । कतै अन्यायमा परेको खण्डमा नागरिकले अदालतप्रति भरोषा गर्न सक्ने वातावरण बनाउन पर्ने उनले बताए ।

नागरिकहरुले न्यायप्रति आशामात्रै नभएर विश्वास र भरोषा गर्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा उनले जोड दिए । ‘न्यायालयलाई जनताले सम्मान र आदर गर्न सकुन् ।

म अन्याय कतै परेँ भनेपनि न्याय पाउने ठाउँ छ भनेर विश्वास गरुन् । न्यायलय गएपछि म न्याय पाउँछु भनेर विश्वास र भरोषा गरुन्, आशामात्रै होइन । अपेक्षा मात्रै होइन, साच्चै न्याय पाउन् । त्यो स्थिति बनाउन हामीले कोसिश गर्नुपर्छ,’– ओलीले भने ।

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्