Logo
६ जेष्ठ २०८२, सोमबार
(March 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताहरु बालुवाटारमा

सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक बालुवाटारमा बस्दै छ । हिजो बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

आज पनि बालुवाटारमै बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । बुधबारको बैठकमा पनि यही विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए ।

बुधबारको बैठकपछि उनले सञ्चारकर्मीसँग भनेका थिए, “उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ ।

आज यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकता अनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ । नेता बस्नेतले सरकार विस्तारलगायत विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए ।

उपराष्ट्रपतिका लागि गठबन्धनभित्रैबाट तीनसहित चार उमेदवार प्रतिस्पर्धामा छन् । भोलि शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि तीनमध्ये गठबन्धनका साझा उमेदवार को भन्ने विषयमा सहमति जुटाउन नेताहरू अहिले बालुवाटारमै बैठक बस्दै छ ।

 

प्रकाशित मिति: Mar 16, 2023

प्रतिक्रिया दिनुहोस्