Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारबाट मध्यपूर्वका देशमा ‘छक्का पन्जा ४’ रिलिज हुने

घरेलु बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको फिल्म ‘छक्का पन्जा ४’ मध्यपूर्वका देशमा भोलि शुक्रबारदेखि लाग्ने प्रदर्शनमा आउने भएको छ ।

मध्यपूर्वका यूएई, कतार, ओमान र बहराइनका देशको ५० बढी पर्दामा एकसाथ फिल्म रिलिज हुन लागेको विदेश वितरण कम्पनी नेपफिल्मस्ले जनाएको छ ।

नेपफिल्मस्ले फिल्मका रमेश ढकालले शुक्रबारबाट यूएई, कतार, ओमान र बहराइनमा रिलिज भएपनि अन्य देशमा पनि छिट्टै लाग्ने बताए । ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म रिलिज गर्न लागिएको जानकारी दिए ।

रोजगारीको सिलसिलामा मध्यपूर्वका देशमा अनुमानित २० लाख भन्दा धेरै नेपाली रहेका छन् । गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमान लगायत विभिन्न देशका रहेका एनआरएनले फिल्म प्रदर्शनमा सहयोग समेत गरेका छन् ।

‘छक्का पन्जा ४’ नेपालमा फागुन १९ गतेदेखि प्रदर्शनमा आएको छ । प्रदर्शनको आज बिहिबार छैठो दिनसम्म पनि फिल्मले राम्रो ब्यवसाय गरिरहेकोछ ।

हेमराज बीसीको निर्देशन रहेको राजनीतिक र कमेडी बिषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्