Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी इनर्जी लिमिटेडको आईपिओ बिक्री खुला

काठमाडौं, २५ फागुन :  मोदी इनर्जी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले दुईचरण गरी उक्त आईपिओ बिक्री खुला गरेको छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मोदी इनर्जीले आइपीओ बिक्री खुला गरेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा– ३, मोदी गा.पा वडा नं–५, २, ६ र कुश्मा न.पा–८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

दोश्रो चरणमा कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन् । उक्त अवधिसम्म सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म स्थानियहरुका लागि आइपीओ बिक्री खुला रहने कम्पनीले जानाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ ।

उक्त आईपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्