Logo
१९ बैशाख २०८१, बुधबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो दुरीमा भएका प्रेमीहरूलाई चुम्बन गर्न अनुमति दिने अचम्मको ‘डिभाइस’

रिमोट किस, एउटा यस्तो अचम्मको फोन एक्सेसरी हो जुन पछिल्लो समय चिनियाँ बजारमा निकै चर्चित छ । चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्टेन्स रिलेसनसिप’ मा रहेका जोडीहरूलाई मध्यनजर गर्दै वास्तविक अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ ।

रिमोट किस नाम दिइएको यो उपकरणमा सिलिकन, ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरु जडान गरिएको छ । यसले गर्दा हजारौँ किलोमिटर टाढा भएका प्रेम जोडीलाई एक अर्कासँग चुम्बन गरेको अनुभव गराउँछ ।

केही रिपोर्टका अनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा वास्तविक चुम्बनको अनुभूति गर्न सकिन्छ । यसका साथै यसले चुम्बन गर्दा निस्किने आवाजलाई पनि चिन्न सक्छ ।

रिमोट किस केही समयका लागि चिनियाँ अनलाइन बजारमा उपलब्ध भएको थियो तर मानिसहरूले यसको फोटो सोसल मिडियामा सार्वजनिक गर्न थालेपछि यो पछिल्लो समय भाइरल भएको छ ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले मोबाइलमा एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ । तत्पश्चात् चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण जोडेर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् । यसका लागि दुई जना व्यक्तिको सहमति चाहिन्छ ।

ग्लोबल टाइम्सका अनुसार यो उपकरणका मूल सर्जक जियाङ झोङ्ली हुन् । उनी चाङझाउ भोकेशनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीका ग्र्याजुएट हुन् । उनले केही वर्ष अघि युनिभर्सिटीको प्रोजेक्ट अन्तर्गत यसको निर्माण गरेका हुन् । त्यसपछि सन् २०१९ मा यसको पेटेन्टका लागि आवेदन दिए । तर त्यो पेटेन्टको यस वर्ष म्याद सकियो । झोङ्ली आफ्नो आइडिया यति चर्चित भएकोमा दङ्ग छन् । यसलाई मानिसहरूले थप परिष्कृत गर्ने कुरामा आशावादी छन् ।

 

 

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्