Logo
७ बैशाख २०८१, शुक्रबार
(March 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोशी प्रदेश’को नाम विरुद्ध प्रदेशसभा अगाडी बिराटनगरमा प्रदर्शन

प्रदेश १ को प्रदेशसभा बैठकमा नामकरणका विषयमा छलफल चलिरहँदा बाहिर भने पहिचान पक्षधरले प्रदर्शन गरेका छन् ।

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिलगायतले प्रदेशसभा भवन नजिकै विराटनगरको देवकोटा चोकमा पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

प्रदेश १ को नाम कोशी प्रदेश  राखिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै दल यो नाममा सहमत छन् ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बूवान सगरमाथा प्रदेशको प्रस्ताव गरेको थियो, जसलाई प्रदेशसभाले छलफल गर्न पनि आवश्यक ठानेन ।

प्रकाशित मिति: Mar 1, 2023

प्रतिक्रिया दिनुहोस्