Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समग्र जिल्लाको विकासका योजना लिएर आउनुस् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जिल्लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापन पत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरेका हुन् ।

सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

‘स्वास्थ्य,शिक्षा तथा विकास निर्माणका कामबारे,अधुरा-अपुरा कामलाई पूर्णता दिने सम्बन्धित विषयमा ज्ञान पत्र लिएर आउनु अनुरोध गर्दछु,’उनले भने,’तत्काल गर्नुपर्ने कामहरू, मध्यकालीन र दूरगामी कामहरूको सूत्र बद्ध भएर ल्याउनुहोला ।’ उनले संसदबाट सत्यनिरूण तथा मेलमिलाप आयोगसँग र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित विधेयक छिट्टै पारित हुने बताएका छन् । विधेयक पारित भए सहिदका परिवारलाई ठूलै राहत पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Feb 26, 2023

प्रतिक्रिया दिनुहोस्