Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक व्यवस्था : प्रधानमन्त्री प्रचण्डलाई ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ। उनको नेतृत्वमा रहेको सरकारबाट राप्रपा बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार छाडेपनि समर्थन भने कायमै राखेको छ। राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ।

उनले संवैधानिक व्यवस्था बमोजिम अगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ। उनले अगामी चैत्र १२ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। तर प्रधानमन्त्री प्रचण्डले पनि ढिलैगरी विश्वासको मत लिने तयारी गरेका छन्।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचनपछि एमाले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने सम्भावना रहेको भन्दै पटक-पटक विश्वासको मत लिनुभन्दा एमाले सरकारबाट बाहिरिएपछि मात्रै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन्।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुष २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।

प्रकाशित मिति: Feb 26, 2023

प्रतिक्रिया दिनुहोस्